यु १४ फुटबल: छात्रतर्फ सेमिफाइनल समिकरण पुरा
छात्रातर्फ भोलि लिगको अन्तिम खेल
पाेखरा | भदौ १८, २०८२
पोखरा: पोखरा रंगशालामा जारी विद्यालयस्तरीय यु १४ फुटबल प्रतियोगिताको छात्रतर्फ सेमीफाइनल समिकरण सकिएको छ ।
कास्की जिल्ला फुटबल संघको आयोजनामा जारी एन्फा यु१४ विद्यालयस्तरीय छात्र÷छात्रा फुटबलको छात्रतर्फ शिशु कल्याण, शैनिक आवासिय, सोसल पब्लिक र गण्डकी बोर्डिङ सेमिफाइनलमा प्रवेश गरेको हो ।
बुधबार भएको क्वाटरफाइनल खेलमा शिशु कल्याण माविले फिस्टेल एकेडेमीलाई ५–० को फराकिलो गोलअन्तरले हराउँदै सेमिफाइनल प्रवेश गरेको हो ।
शिशुकल्याणको जितमा विक्रम गुरुङले ह्याट्रिक गर्दै नायक बने । उनी खेलको प्लेयर अफ दि म्याच घोषित भए । यस्तै सुमन घर्ति र शक्ति बोहोराले समान एक गोल गरे ।
सैनिक आवासिय महाविद्यालयले कालिका माविलाइ ४–० ले पाखा लगायो । सैनिकको जितमा वसिल विक्रम कुँवरले ह्याटिक गरे भने रेमन पौडेलले १ गोल गरे । वसिल प्लेयर अफ दि म्याच घोषित भए ।
यस्तै गण्डकी बोर्डिङले हेमजा बोर्डिङलाई २–१ ले हराउँदै अन्तिम चारमा स्थान बनायो । गण्डकीका लागि सुहन खत्री र अर्मान गुरुङले गोल गरे भने, हेमजाका लागि समिर विकले गोल गरे । अर्मान प्लेयर अफ दि म्याच घोषित भए ।
अन्तिम क्वाटरफाइनल खेलमा सोसल पब्लिकले बालकल्याणलाई ५–२ ले हरायो । सोसलको जितमा बुद्ध विकले २ तथा दावा थापा, रवि मणि र अमित परियारले गोल गरे । अमित प्लेयर अफ दि म्याच घोषित भए । बाल कल्याणको तर्फबाट प्रविण गुरुङ र प्रिन्स गुरुङले गोल गरे ।
उता छात्रातर्फ लिग चरणको खेलमा शान्तिदिपले सेन्ट मेरिजलाई १–० ले हरायो । शान्तिदिपको जितमा सेजु खड्गले गोल गरिन् । दोस्रो खेलमा सैनिक आवासिय महाविद्यालयले सोसल पब्लिकलाई ६–० ले हरायो । सैनिकका लागि सन्सुभ थापा मगरले चार गोल गरिन् भने रस्मी रिजालले २ गोल गरेको म्याच कमिस्नर गोपाल लामाले जानकारी दिए ।
प्रतियोगितामा भोलि छात्रा तर्फ लिगचरणको अन्तिम खेलहरु तथा छात्रतर्फ सेमिफाइनलका खेल हुनेछन् । सेमिफाइनलमा शिशु कल्याण र शैनिक तथा सोसल पब्लिक र गण्डकी भिड्नेछन् ।
प्रतियोगितामा छात्रा तर्फ ६ र छात्र तर्फ २४ विद्यालयले सहभागिता जनाएका छन् । भदौ १२ गतेदेखि सुरु प्रतियोगिता २० गतेसम्म सञ्चालन हुनेछ ।
प्रतियोगितामा छात्र तर्फ विजेताले नगद ५० हजार, उपविजेताले २५ हजार रुपैयाँ प्राप्त गर्ने कास्की जिल्ला फुटबल संघले जनाएको छ । छात्रा तर्फको विजेताले नगद २० हजार र उपविजेताले १० हजार रुपैयाँसहित ट्रफी प्रदान गरिने संघले जनाएको छ ।
प्रतियोगितालाई बंगलादेशीय फुड उत्पादक कम्पनी प्रान, सहारा क्लब पोखराले नगद एक लाख रुपैयाँ, एबीज इन्जिनियरिङले ५० हजार रुपैयाँ लगायत अन्य संघसंस्थाले सहयोग गरेको छ । पोखरा महानगरपालिका प्रवद्र्धक, प्रदेश खेलकुद परिषद गण्डकीले विशेष सहयोगी भूमिका खेलेको छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

